झापामा आज रातिदेखि मतगणना सुरु हुँदै « Khabarhub

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेका छ ।

 निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका संकलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिए । उनले राति १२ बजेदेखि मतगणना सुरु हुने जानकारी दिए । जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ । पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार चुनावी मैदानमा थिए । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता थिए । 
 

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ६ : ३२ बजे

झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने

काठमाडौं – झापा निर्वाचन क्षेत्र न. ५ मा सर्वदलीय बैठक

काठमाडौं–१ को मतगणना सुरु हुँदै

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को

कास्कीमा ६० प्रतिशत बढी मत खस्यो

गण्डकी – प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा कास्कीमा करिब

आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी

काठमाडौं – निर्वाचन आयोगले विभिन्न आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी

शान्तिपूर्ण मतदान सम्पन्न भएकोमा ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर आम