एमालेलाई ठूलो धक्का, सुरुवाती नतिजामै पछाडि परे यी शीर्ष नेता « Khabarhub

एमालेलाई ठूलो धक्का, सुरुवाती नतिजामै पछाडि परे यी शीर्ष नेता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समय नेपाली राजनीतिको केन्द्रमा बलियोसँग रहेको नेकपा (एमाले) फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनसँगै निकै कमजोर हुने देखिएको छ । 

करिब ७० वर्ष लामो राजनीतिक विरासत भएको एमाले इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ।

२०४८ सालको प्रतिनिधिसभा निर्वाचनदेखि कांग्रेससँग प्रतिस्पर्धी रहँदै आएको एमाले ०६४ सालको निर्वाचनमा निकै कमजोर बन्न पुगेको थियो ।

माओवादीको विभाजसँगै फेरि उठेको एमालेले यस निर्वाचनमा लज्जास्पद हार व्यहोर्ने मतगणनाको प्रारम्भिक रुझानले देखाएको छ ।

प्रारम्भिक मतगणनाअनुसार झापा ५ मा उम्मेदवार रहेका एमाले अध्यक्ष केपी ओली रास्वपाका उम्मेदवार बालेन्द्र शाह ‘बालेन’भन्दा धेरै पछि परेका छन् । बालेनले १० हजार १९० मत ल्याउँदा ओलीले जम्मा ४ हजार ८७ मत लिएर पछ्याइरहेका छन् ।

काठमाडौं ५ मा उम्मेदवार रहेका एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्रारम्भिक मतगणनामा प्रतिस्पर्धाको तेस्रो स्थानमा छन् ।

पछिलो मतगणनाअनुसार उक्त निर्वाचन क्षेत्रमा रास्वपाका सस्मित पोखरेलले ९ हजार १२४ मत ल्याउँदा कांग्रेसका प्रदीप पौडेलले २ हजार ८८७ मत र एमालेका पोखरेलले जम्मा १ हजार ५५८ मत ल्याएका छन् ।

अर्का एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि रुपन्देही २ मा पछिल्लो मतगणनाअनुसार निकै पछाडि परेका छन् । उक्त क्षेत्रमा रास्वपाका सुलभ खरेलले १० हजार ५१९ मत ल्याउँदा दोस्रो स्थानमा रहेका पौडेलले जम्मा २ हजार १९३ मत मात्रै ल्याएका छन् ।

एमालेका नेता तथा पूर्वसभामुख देवराज घिमिरे पनि प्रारम्भिक मतगणनाअनुसार निकै पछाडि परेका छन् । प्रारम्भिक मतगणनाअनुसार झापा २ मा रास्वपाकी इन्दिरा रानामगरले ३ हजार ३९५ मत ल्याउँदा एमालेका घिमिरेले जम्मा १ हजार ३१० मत ल्याएका छन् ।

त्यस्तै, एमालेका सचिव तथा चर्चित नेता महेश बस्नेत पनि प्रारम्भिक मतगणना अनुसार निकै पछि परेका छन् । भक्तपुर २ मा भएको पछिल्लो मतगणनाअनुसार सो क्षेत्रमा पनि रास्वपाका उम्मेदवार राजीव खत्रीले ४ हजार ८४ मत ल्याउँदा बस्नेतले जम्मा १ हजार ८१९ मत ल्याएका छन् ।

अन्य एमालेका पदाधिकारी दाङ २ मा उम्मेदवार रहेका महासचिव शंकर पोखरेल र लमजुङमा उम्मेदवार रहेका पृथ्वीसुब्बा गुरुङको निर्वाचन क्षेत्रको भने अहिलेसम्म प्रारम्भिक गणनाको नतिजा आइसकेको छैन ।

तर, देशभरीको प्रारम्भिक रुझानमा भने एमाले जम्मा ५ सिट सहित दोस्रो स्थानमा अग्रताको अवस्थामा छ । जबकी रास्वपाले ४६ वटा स्थानमा अग्रता लिएको छ भने एक स्थानमा बिजय हासिल गरिसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : ४४ बजे

कूटनीतिक राहदानीबारे सभामुख र दलका मुख्य सचेतकहरुबीच छलफल हुँदै

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा

‘जबज’सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : शंकर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक

नेकपा स्थापना दिवस कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको

दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा