माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम « Khabarhub

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । चालु आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा अपाङ्गता भएका नागरिक घरपरिवारलाई बीमा कार्यक्रम समावेश गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको हो ।

कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १२ लाख विनियोजन गरेको छ । अपाङ्गता भएका व्यक्ति र उनको परिवारको पाँच जनासम्मको स्वास्थ्य बीमाबापतको रकम गाउँपालिकाले तिरिदिने माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले बताए ।

‘अपाङ्गता भएका व्यक्ति र उनको परिवारको सदस्यसमेत गरी बढीमा पाँच जनासम्म सदस्यको वार्षिक प्रतिपरिवार तीन हजार ५०० गाउँपालिकाले तिरिदिनेछ’, उनले भने, ‘तोकिएको सीमासम्म बिमितले निःशुल्क सेवासुविधा पाउनेछन् ।’

स्वास्थ्य बीमाले पाँच जनाको परिवारलाई एउटा एकाइ मानेको र पाँच जनाभन्दा बढी सदस्य रहेको हकमा प्रतिव्यक्ति ७०० थप्नुपर्नेछ । गाउँपालिकाले थालेको अपाङ्गता भएका नागरिक घरपरिवारलाई बीमा कार्यक्रमले अपाङ्गता भएका विपन्न तथा गरिब परिवारलाई राहत पुग्ने अपाङ्ग एकता समाज माङसेबुङका अध्यक्ष धनकुमार आङदेम्बेले बताए ।

‘अपाङ्ता भएका व्यक्तिलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु हुनु सकरात्मक कदम हो’, उनले भने, ‘आर्थिक अभावमा उपचारको समस्या झेल्दै आएका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमाले उपचारमा पहुँच बढाउनुका साथै परिवारमाथिको आर्थिक भारसमेत कम गर्नेछ ।’

गाउँपालिकामा ३५५ अपाङ्गता भएका व्यक्ति रहेको माङसेबुङका अपाङ्गता सहायता सहजकर्ता मनिहाङ्मा लिम्बूले जानकारी दिए । उनीहरुमध्ये ‘क’ वर्ग अर्थात् पूर्ण असक्त अपाङ्ता भएका व्यक्तिको सङ्घीय सरकारले नै स्वास्थ्य बिमा गर्दै आएको छ । गाउँपालिकाले अन्य वर्गका अपाङ्गता भएका व्यक्ति र उनको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिनेछ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  १० : २८ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार