पराजित भएपछि रवीन्द्र मिश्रले रञ्जुलाई भने : तपाईंको इमान र दृढता सदा कायम रहोस् « Khabarhub

पराजित भएपछि रवीन्द्र मिश्रले रञ्जुलाई भने : तपाईंको इमान र दृढता सदा कायम रहोस्


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ मा पराजित भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्रले विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनालाई बधाई दिएका छन्।

मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत दर्शनालाई बधाई तथा शुभकामना दिएका हुन्। उनले करिब १०/११ वर्षअघि दर्शनाको फोटोसहितको लेख शेयर गर्दै उनको प्रशंसा र भविष्यप्रति आशा व्यक्त गरेको स्मरण पनि गरेका छन्।

‘आज पुनः त्यही फोटो प्रेषित गरेर तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु,’ उनले लेखेका छन्, ‘भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईंको इमान र दृढता सदा कायम रहोस्।’

काठमाडौं–१ को निर्वाचन परिणाममा रञ्जु विजयी हुँदा रवीन्द्र तेस्रो पटक पराजित भएका हुन्। उनी यसअघि नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग दुई पटक पराजित भएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : १२ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने