काठमाडौं- सुदूरपश्चिम प्रदेशको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपकराज बोहोराले अग्रता कायम राखेका छन्।
हालसम्मको मतपरिणामअनुसार उनले २ हजार ४२७ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद साउदले ९३६ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार बचन बहादुर सिंहले ६२५ मत पाएका छन्।
कञ्चनपुर–२ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।













प्रतिक्रिया