गलोपा प्रतिस्पर्धाको तहमा नै नदेखिएपछि विरेन्द्रबहादुर बस्नेतले छाडे पार्टी « Khabarhub

गलोपा प्रतिस्पर्धाको तहमा नै नदेखिएपछि विरेन्द्रबहादुर बस्नेतले छाडे पार्टी


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) स्थापनामा महत्वपूर्ण भूमिका खेलेको बुद्ध एयरका मालिक विरेन्द्रबहादुर बस्नेतले उक्त पार्टी छाडेका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गलोपाले प्रतिस्पर्धात्मक अवस्था नै कायम गर्न नसकेपछि बस्नेतले पार्टी छाडेका हुन् । 

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा हालको राजनीतिक संस्कारले आफ्नो आत्मासँग मेल नखाएको उल्लेख गरेका छन् ।

 ‘हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल खाएन । मैले बुझेँ – पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन । अबको बाटो फरक छ, तर देशप्रतिको समर्पण यथावत् छ ।’, उनले लेखेका छन् ।

उनले आगामी दिनमा एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत मातृभूमिको सेवामा समर्पित हुने पनि बताएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : २१ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया