सुनसरी-४ मा रास्वपाका ई. दीपक साहको सुरुवाती अग्रता, ज्ञानेन्द्र कार्की पछ्याउँदै « Khabarhub

सुनसरी-४ मा रास्वपाका ई. दीपक साहको सुरुवाती अग्रता, ज्ञानेन्द्र कार्की पछ्याउँदै


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ई. दीपक साहले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार साहले २ सय ३१ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका हुन् । उनलाई नेपाली कांग्रेसका प्रभावशाली नेता एवं उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले १ सय ९४ मतका साथ पछ्याइरहेका छन् ।

यसैगरी, प्रतिस्पर्धामा अन्य दलका उम्मेदवारहरू पनि अग्र स्थानमा देखिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार महफुज अंसारी १ सय ८३ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले हालसम्म ८९ मत प्राप्त गरेका छन्। सुनसरी-४ मा यसपटक पुराना स्थापित नेता र नयाँ उम्मेदवारबीचको प्रतिस्पर्धा निकै कसिलो देखिएको छ। अहिले मतगणना कार्य जारी छ र थप मतपेटिकाहरू गन्ने क्रम चलिरहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : ५१ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम