देउवाको गृहजिल्लामा घण्टीको धक्का, कांग्रेसका नैनसिंह हजार मतले पछाडि « Khabarhub

देउवाको गृहजिल्लामा घण्टीको धक्का, कांग्रेसका नैनसिंह हजार मतले पछाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी बजाउने अवस्था आएको छ।

डडेल्धुराको प्रतिनिधिसभा निर्वाचनमा जारी मतगणनाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका ताराप्रसाद जोशीले अग्रता कायम गरेका छन्।

हालसम्मको मतगणनाअनुसार जोशीले २ हजार ३९४ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले १ हजार ३६३ मत पाएका छन्।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका मानसिंह मालले १ हजार ३१४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का चक्रप्रसाद स्नेहीले ७२९ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द कडायतले यहाँ ६६ मत प्राप्त गरेका छन्।

डडेल्धुरामा वर्षौँदेखि जित्दै आएका देउवालाई यस पटक विशेष महाधिवेशनमार्फत गगन थापाले सभापतिबाट हटाएपछि टिकट पनि दिएका थिएनन् ।

गगनले सभापतिबाट बिदा गर्दै टिकट पनि नदिएपछि देउवा अहिले सिंगापुरतिर पुगेका छन् । उनकी पत्नी आरजु राणा देउवा पनि विदेशतिरै छिन् । देउवा विदेशतिर लागेसँगै कांग्रेसको असन्तुष्ट पक्षले घण्टीतिर भोट हालेको आँकलन अहिलेको चुनावी परिणामबाट गरिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : ३९ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव