रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना « Khabarhub

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलसँग ठूलो मतान्तरले पराजित भएका छन् ।

सस्मितले ३० हजार सात सय ३७ मत प्राप्त गर्दा प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत ल्याए भने नेकपा (एमाले)का ईश्वर पोखरेलले चार हजार सात सय एक मत प्राप्त गरेका छन् ।

तनहुँ जिल्लाबाट विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा सुरु गरेका पौडेलले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट विजय हासिल गर्दै राष्ट्रिय राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका थिए ।

०८१ असार ३१ गते स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका पौडेलले आफ्नो १४ महिने कार्यकालमा बीमा प्रणाली व्यवस्थित गर्ने र सरकारी अस्पतालहरूको क्षमता विस्तार गर्ने लगायत विषयलाई प्राथमिकतामा राखेर काम गरेका थिए ।

छोटो कार्यकाल भएपनि स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण सुधारात्मक पहल अघि बढाएका पौडेलले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि पदबाट राजिनामा दिएका थिए ।

उनलाई पार्टीभित्र पनि सम्भावना भएका युवा नेताका रूपमा हेरिँदै आएको थियो । तर, यस निर्वाचनमा रास्वपा ठूलो जीत हासिल गर्ने दिशामा उन्मुख रहेका बेला प्रदिप पनि त्यसैको आँधीमा परेका छन् ।

स्वास्थ्यमन्त्री रहँदा पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन दाबी प्रक्रिया सरल बनाउने, अस्पतालमा भुक्तानी प्रक्रिया व्यवस्थित गर्ने र सेवा विस्तारका लागि नीतिगत पहल थालेका थिए । त्यसैगरी, उनले सरकारी अस्पतालमा औषधि आपूर्ति, उपकरण व्यवस्थापन र स्वास्थ्यकर्मी परिचालनलाई व्यवस्थित बनाउन पनि पहल गरेका थिए ।

उनले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचइओसी) लाई सक्रिय बनाउँदै महामारी, विपद् तथा आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य सेवा समन्वय गर्न प्रणाली मजबुत बनाउने प्रयास गरेका थिए । उनलाई देशका विभिन्न स्थानमा अस्पताल निर्माण, स्तरोन्नति र नयाँ स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको जस पनि दिने गरिन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ३ : २१ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला