बाजुरामा कांग्रेस-एमालेबीच कडा प्रतिस्पर्धा, रास्वपाका हेमराज चौथो स्थानमा « Khabarhub

बाजुरामा कांग्रेस-एमालेबीच कडा प्रतिस्पर्धा, रास्वपाका हेमराज चौथो स्थानमा


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाजुरामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतगणना सार्वजनिक भएको छ।

हिमाली गाउँपालिका–१, २ र ३ बिच्छयाँ क्षेत्रका मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी अग्रस्थानमा रहेका छन् । उनले रुख चुनाव चिह्नबाट ४९२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले सूर्य चुनाव चिह्नबाट ४७० मत प्राप्त गर्दै पछ्याइरहेका छन्।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका प्रकाशबहादुर शाहले तारा चुनाव चिह्नबाट १२७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले घण्टी चुनाव चिह्नबाट ८३ मत पाएका छन् ।

उक्त मत परिणाम हिमाली गाउँपालिका–१, २ र ३ बिच्छयाँ क्षेत्रका मतगणनाबाट प्राप्त भएको हो। बाजुरामा मतगणना अझै जारी रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : ५८ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै