मूल बीउका लागि कोदोखेती « Khabarhub

मूल बीउका लागि कोदोखेती


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा कोदोखेती सुरु गरिएको छ । 

गण्डकी प्रदेशका ११ जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास स्रोत केन्द्रले गण्डकी प्रदेशमै मूल बीउ उत्पादन गर्ने उद्देश्यले प्रदेशमै पहिलो पटक ३० रोपनी जमिनमा कोदोखेती सुरु गरिएको कार्यालय प्रमुख सुदीप रेग्मीले जानकारी दिए ।  

स्थानीय बाली संरक्षण प्रवर्द्धन कार्यक्रमअन्तर्गत  ‘पछिल्लो समय कोदोको माग बढ्दो क्रममा छ’, उनले भने, ‘कृषकको मागलाई मध्यनजर गर्दै नेपाल सरकारले सिफारिस गरेको ‘काभ्रे २’ जातको कोदोको मूल बीउ उत्पादन गर्ने गरी अहिले कोदो रोप्ने काम भइरहेको छ ।’

बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आइरहेको कार्यालयले विशेषगरी कृषि प्राविधिक, कर्मचारी, बीउ उत्पादक समूह, सहकारी व्यावसायिक कृषकहरुलाई बीउ उत्पादन गर्दा आइपर्ने समस्या, रोग, कीरा, मलखाद्य, प्रशोधन तथा बजारीकरणसम्बन्धीका विषयमा प्रयोगात्मक ज्ञानसमेत दिने गरी अगाडि बढिएको उनले बताए।

‘जग्गा व्यवस्थापन, बीउको छनोटदेखि लिएर बजारीकरणसम्मका सम्पूर्ण प्रक्रिया कार्यालयमार्फत हुन्छ’, उनले भने, ‘बीउ उत्पादक कृषक, समूह सहकारीले यस कार्यालयले गरेका गतिविधिहरू हेरेर, बुझेर आँफूले आफ्नो व्यावसायलाई अझै व्यवस्थित गर्दै लैजानका लागि सहज हुने विश्वास लिएका छौँ ।’
 

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ३ : ५१ बजे

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौँ– मनाङमा पहिरोका कारण विद्युत् लाइन अवरुद्ध भएको छ ।

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत