भक्तपुर-२ मा पराजित भएपछि महेश बस्नेतले भने- राजनीतिमा हार-जित स्वभाविक हुन् « Khabarhub

भक्तपुर-२ मा पराजित भएपछि महेश बस्नेतले भने- राजनीतिमा हार-जित स्वभाविक हुन्


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीलाई बधाई दिएका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यसपटकको निर्वाचन परिणाम आफ्नो पक्षमा आउन नसकेको उल्लेख गरेका छन् ।

उनलेे लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने भएकाले त्यसलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका छन्।

उनले भक्तपुर–२ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

यसका साथै सूर्य चिन्हमा मतदान गरी आफूमाथि विश्वास व्यक्त गर्ने मतदाता तथा चुनावी अभियानमा सक्रिय रूपमा खटिने पार्टीका नेता–कार्यकर्ता प्रति कृतज्ञता व्यक्त गरेका छन्।

बस्नेतले राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै अब आफ्नो भूमिका रचनात्मक प्रतिपक्षको रहने बताएका छन्।

जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने उनको भनाइ छ।

उनले जनताको विश्वास, माया र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि भक्तपुरको समृद्धि र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : ४७ बजे

जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो

पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व गर्ने सम्भावना कति ?

काठमाडौं- करिब दुई वर्षसम्म होल्ड भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत