कास्की–४ मा कांग्रेसका दीपक रानाभाट अगाडि « Khabarhub

कास्की–४ मा कांग्रेसका दीपक रानाभाट अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

कास्की– जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार दीपक बहादुर रानाभाट अग्रस्थानमा रहेका छन्। उनले ११ हजार २९५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बेन बहादुर क्षेत्री (अधिकारी) ले १० हजार ४३९ मत पाएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका केदारराज पौडेलले ३ हजार ८५३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले २ हजार ५७९ मत पाएका छन्।

अन्य उम्मेदवारमध्ये हाम्रो संस्कृति पार्टीका बिल बहादुर तामाङले १ हजार ९९९, राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापाले ७८५, मंगोल नेशनल अर्गनाइजेशनका श्रीमान थापाले १०१ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय जनमोर्चाका रवि मोहन ढकालले ६७, प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्ण बहादुर गुरुङले ७५, नेपाल रिपब्लिक नेपालका यम बहादुर गुरुङले ३५, नेपाल मानववादी पार्टीका आशबहादुर दामीले २५ र नेपाल जनमुक्ति पार्टीका मिम बहादुर बर्दीले ११ मत पाएका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ३३ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै