सिन्धुली-१ र २ मा रास्वपाका उम्मेदवार विजयी « Khabarhub

सिन्धुली-१ र २ मा रास्वपाका उम्मेदवार विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

कमलामाई– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं १ र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित भएका छन् ।

सिन्धुली क्षेत्र नं १ रास्वपाका धनेन्द्र कार्कीले १६ हजार २६५ मत प्राप्त गरी निर्वाचित भएका क्षेत्र नं १ की निर्वाचन अधिकृत निमा घिमिरेले जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदीपकुमार कटुवाल क्षेत्रीले १५ हजार ६६८, नेपाली कांग्रेसका उज्वलप्रसाद बरालले १५ हजार दुई, नेपाली कम्युनिष्ट पार्टीका डेकेन्द्रप्रसाद सुवेदीले चार हजार ६५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का रामनारायण अधिकारीले ४९८ मत प्राप्त गरेका छन् । 

सिन्धुली-१ मा कुल खसेको ५९ हजार ३०२ मतमध्ये ५६ हजार २० मत सदर भएको र तीन हजार २८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    सिन्धुली-२ मा गजुरेल विजयी

सिन्धुली क्षेत्र नं २ मा रास्वपाका आशिष गजुरेलले १७ हजार ९४० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरे।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोजजङ्ग थापाले ११ हजार ६०६, नेपाली कांग्रेसकी सुशीला थिङले छ हजार ७६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कमल राज विष्टले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा कुल ५६ हजार ८०३ खसेकामा तीन हजार १४२ मत बदर भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ७ : ०४ बजे

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच

जलेका सरकारी स्रेस्ता वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्नुपर्छ : अर्थमन्त्री  

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गतेको आन्दोलन

भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु (तस्बिरहरू)

काठमाडौं- काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै

काठमाडौं– डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ । वित्तीय

गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु

रसुवा– जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक