नर्सिङ सङ्घको निर्वाचन पुस ९ गते हुने | Khabarhub Khabarhub

नर्सिङ सङ्घको निर्वाचन पुस ९ गते हुने


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नर्सहरुको छाता सङ्गठन नेपाल नर्सिङ सङ्घको नयाँ कार्य समितिको निर्वाचन आगामी पुस ९ गते हुनेभएको छ ।

सङ्घको १९औँ कार्यसमितिको निर्वाचन निर्धारित समयभन्दा करिब डेढ वर्ष ढिला गरी हुन लागेको हो ।

आगामी मङ्सिर ९ गतेसम्म सदस्यता दर्ता गर्न सङ्घले समयसीमा निर्धारण गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा लक्ष्मी राईलाई तोकेको छ ।

उनले भनिन्, “मङ्सिर ९ गतेभित्र आफ्नो सदस्यता दर्ता गर्नेलाई मात्र निर्वाचनमा मताधिकार रहन्छ ।” हाल सङघमा करिब १३ हजार नर्स आवद्ध छन् । नेपाल नर्सिङ काउन्सिलमा दर्ता हालसम्म ५५ हजार ५३५ नर्स र ३३ हजार ४६७ अनमी छन् ।

सङ्घीय संरचनाअनुसार सङ्घको नयाँ नेतृत्व चयन हुने सङ्घका अध्यक्ष प्रा तारा पोखरेलले जानकारी दिइन् ।

उनले भनिन्, “विधान संशोधनका कारण सङ्घको नयाँ नेतृत्व चयन गर्न निर्वाचनमा केही ढिलाइ भएको हो । नीति निर्माण तहमा नर्सको सहभागिता बढाउन स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ । स्वास्थ्य सेवालाई अझ प्रभावकारिता बनाउने विषयमा हामी गम्भीर छौँ ।”

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ९ : ४५ बजे

उत्पादकत्व बढाउन नगद अनुदान

गोरखा– गोरखाको धार्चे गाउँपालिकाले उत्पादकत्व बढाउन किसानलाई नगद अनुदानको व्यवस्था

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

कञ्चनपुर– सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका

जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल

मुम्बई – समाजवादी पार्टीकी सांसद तथा बलिउड नायिका जया बच्चन

एन्फाविरुद्ध थापाले दायर गरेको रिट खारेज

काठमाडौं – पुनरावेदन अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र

एन्फा महिला लिग छनोट आजदेखि, उद्घाटन खेलमा छहारी एफसी र एफसी रियल भिड्ने

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आज (बिहीबार)देखि