स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी « Khabarhub

स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – प्रतिनिधि सभा निर्वाचन स्याङ्जा क्षेत्र नस्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ३३ बर्षिय झविलाल डुम्रे २२ हजार ३ सय ४० मतसहित बिजयी बनेका छन ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार उनले मत पाएका हुन । उनी रास्वपा केन्द्रीय संगठन विभाग सदस्यका रूपमा सक्रिय सदस्य हुन ।

२०४९ साल साउन ५ गते स्याङ्जाको वालिङ नगरपालिका–१४, छोरेखर्कमा जन्मिएका हुन् झविलाल । स्नातकोत्तरसम्म अध्ययन गरेका उनले पेशागत रूपमा पोखरालाई कर्मथलो बनाएर व्यवसायका साथै समाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् ।

यस्तै, उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भागवत प्रकाश मल्ले १९ हजार ५ सय १४ मत प्राप्त गरे ।

मल्ल २०७४ को निर्वाचनमा स्याङ्जा–२ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित बनेका थिए ।

यस्तै, अर्का प्रतिस्पर्धी नेकपा एमालेका खिम बहादुर थापाले १२ हजार सात सय ४९ मत पाए । उनी कालीगण्डकी गाउँपालिकाका अध्यक्षबाट प्रतिनिधि सभाको सांसद बन्न निर्वाचनमा होमिएका थिए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्याङ्जा–१ मा पनि रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन । ऊनी २९ हजार ७१ मत पाउँदै विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन्।

नेकपा (एमाले)का मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत प्राप्त गरेका छन्।

स्याङ्जा–२ मा जम्मा मतदाता १ लाख १७ हजार ९ सय ३० जना रहेका छन । जसमा ६२ हजार ३ सय ९८ जना (५२.९१) प्रतिशत मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाको तथ्यांक छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १० : ३१ बजे

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण