रास्वपाको लहर चिर्दै सुनसरीबाट आयो प्रतिपक्षी आवाज, दोस्रो पटक निराश भइन् गोमा « Khabarhub

रास्वपाको लहर चिर्दै सुनसरीबाट आयो प्रतिपक्षी आवाज, दोस्रो पटक निराश भइन् गोमा


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

सुनसरी – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन्।

उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन आयोगका अनुसार तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन्। यस्तै नेकपा (एमाले) का उम्मेदवार टिकाराम लिम्बु ६ हजार ४६३ मतसहित तेस्रो स्थानमा रहे । नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गरेका छन्।

सुनसरी–१ मा यसपटक श्रम संस्कृति पार्टीका राईले स्पष्ट मतान्तरसहित जित निकाल्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन्।

यससँगै देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहरकाबीच अबको संसद्मा अर्को कडा प्रतिपक्षी आवाजको प्रवेश भएको छ।

यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले रवि लामिछानेको नेतृत्वमा सरकार नबने बबाल हुने बताएका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले सदनमा जनताका प्रश्नको उत्तर दिने र समय दिने नेतृत्व चाहिने नत्र बबाल हुने बताएका हुन् ।

जनताले चुनेपछि सबैले स्वीकार गर्नुपर्ने भन्दै उनले यस्तो बताएका हुन् । हर्कले नाम नलिए पनि उनको यो भनाइ रास्वपाका वरिष्ठ नेता बालेन शाह लक्षित देखिन्छ । बालेन कम बोल्ने भएकाले उनले जनताका प्रश्नको उत्तर दिन नसक्ने भन्दै सरकारको नेतृत्व रविले गर्नुपर्ने तर्क गरेका हुन् ।

रास्वपाले भने चुनाव अगाडि बालेनलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अगाडि सारेको छ। बालेन देशभर प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवारका रुपमा मत माग्दै हिँडेका थिए । बालेनले झापा–५ मा केपी शर्मा ओलीलाई करिब ५० हजार मतले हराइसकेका छन् ।

हर्कले लेखेका छन्, ‘जनताले चुनिहाले पछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ ! नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन !’

बालेनसँग विवाद

कुनै बेला बालेनको प्रशंसा गरेर नथाक्ने हर्क जेन-जी आन्दोलनदेखि उनीविरुद्ध उभिएका छन् । जेन-जी आन्दोलपछि बनेकव सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री हुनबाट आफूलाई बालेनले रोकेको निष्कर्ष उनको छ।

आन्दोलनपछिको संक्रमणकालीन अवस्थामा धरानबाट मन्त्री हुने सुरसहित उनी जंगी अड्डा छिरे । तर उनले मन्त्री हुन पाएनन् । उनले त्यसबेला बालेनले सेनापतिलाईसमेत फोन गरेर आफूलाई प्रधानमन्त्री हुनबाट रोकेको गुनासो गर्दै आएका छन् ।

त्यसपछि वैकल्पिक शक्तिबीच एकताको कुरा हुँदा पनि आफूलाई बेवास्ता गरिएपछि उनी बिच्किएका थिए । त्यहीकारण उनले श्रमसंस्कृति पार्टी खोले । उनको पार्टीकै कारण दूधकोशी पारीका जिल्लामा घण्टी बज्न सकेन । कोशी र मेची पहाडमा रास्वपा निराश हुनुपरेको छ। बरू सुनसरी १, भोजपुर र खोटाङमा माटोले जित निकाल्दैछ।

लहरबीच पनि गोमा फेरि अभागी

२०७९ को निर्वाचनमा पनि गोमा पराजित भएकी थिइन्। सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा उनी पराजित भएकी थिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा पहिलो पटक एमालेको सहयोगमा उठेका अशोक राईसँग र दोस्रो पटक श्रम संस्कृतिका हर्कसँग पराजित भइन् । संयोग कस्तो भने अशोक र हर्क दुवैको जन्मथलो खोटाङ हो ।

यसपटक पनि रास्वपा देशभर दुईतिहाइतिर अग्रसर हुँदा गोमाले नतिजा आफ्नो पक्षमा पार्न सकिनन् । उता हर्कले श्रमसंस्कृतिका लागि दुई सीट जिताइसकेका छन् । खोटाङबाट आरेन राईले जित्दा उता भोजपुरबाट ध्रुवराज राई पनि जितनजिक छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १ : ५१ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित