अन्तिम चरणमा मतगणना: रास्वपालाई १२४ सिट, चार क्षेत्रको परिणाम आउन बाँकी « Khabarhub

अन्तिम चरणमा मतगणना: रास्वपालाई १२४ सिट, चार क्षेत्रको परिणाम आउन बाँकी


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०) बहुमत नजिक पुगेको छ ।

प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको छ । रास्वपा अब एक क्षेत्रमा अगाडि छ ।

दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले १७ सिटमा चित्त बुझाएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले आठ क्षेत्रमा जित निकाल्दा एक क्षेत्रमा अग्रता कायम राखेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भने सात क्षेत्रमा सिट सुरक्षित गरेको छ ।

हर्कराज राईको श्रम संस्कृति पार्टीले तीन क्षेत्र सुरक्षित गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने एक क्षेत्र जुम्लामा मात्र जित निकालेको छ । निर्वाचन आयोगले आज दिउँसोसम्ममा प्रत्यक्षतर्फ सबै क्षेत्रको परिणाम सार्वजनिक हुने बताएको छ ।

समानुपातिकतर्फको परिणाम भने मंगलबारसम्ममा सक्ने योजना आयोगको रहेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : २७ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री