प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ ८ क्षेत्रको मतगणना सुरु हुन बाँकी « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ ८ क्षेत्रको मतगणना सुरु हुन बाँकी


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ ।

निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नम्बर १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ गरी आठ क्षेत्रको समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

धनुषा ३, महोत्तरी १, सर्लाही २, बारा १, २, ३ र ४, रौतहट १, पर्सा १, २ र ४, रसुवा, सिन्धुली १ र २, दोलखा, कन्चनपुर १, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली १, ताप्लेजुङ, धनकुटा, झापा ३, मोरङ २, ३, ४ र ६, सुनसरी ३, तेह्रथुम, उदयपुर २, गुल्मी १, रोल्पा, रुकुम पश्चिम, बाँके १, २ र ३, अर्घाखाँची, कपिलवस्तु २, दाङ २ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व १ र २, मुस्ताङ, म्याग्दी, स्याङ्जा १, मनाङ, बाग्लुङ, काठमाडौँ १ देखि १०, भक्तपुर १ र २, ललितपुर १ र ३ क्षेत्रको समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको पनि उनले जानकारी दिए ।

यही फागुन २७ गते बिहानसम्म समानुपातिक तर्फको सबै मत गणना भइसक्ने अपेक्षा गरिएको आयोगले जनाएको छ ।

समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको सङ्ख्या निर्धारण गर्नेछन् ।

निर्धारित सङ्ख्यामा समानुपातिक क्लष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।

दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी क्लष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइने छ ।

आगामी चैत ५ गतेभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्य सहित आयोगले काम गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ११ : १७ बजे

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट