सरकारी सेवा सुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा « Khabarhub

सरकारी सेवा सुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

ललितपुर– अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले आफूले राज्यबाट पाउने तलब–भत्ता नलिने र सरकारी सवारीसाधन सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गरेकी छन् ।

उपाध्यक्ष गोलेले महिला दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै अबदेखि आफूले राज्यबाट पाउने मासिक तलब–भत्ता नलिने निर्णय गरेको बताइन् ।

उनका अनुसार उक्त रकम ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, किसान, शिक्षक, युवा तथा स्वास्थ्य स्वयंसेविकालगायत समुदायका आवश्यक क्षेत्रमा सहयोगका रूपमा खर्च गरिने छ ।

त्यसैगरी, आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधनलाई पनि सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गरेकी छन् । परिवारमा सहारा नभएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका अति विपन्न नागरिकलाई पालिका तथा वडा कार्यालयमा सेवा लिन आउन–जान सहज बनाउने उद्देश्यले सवारी उपलब्ध गराइने उनले जानकारी दिइन् । 

उनले भनिन्, ‘विशेषगरी मासिक वृद्ध भत्ता लिन पालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई मैले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन प्रयोग गर्दा थप सहज हुनेछ । यस्ता कुनै समस्या परेमा खुलेर भन्नुस् तपाईँको आपत्–विपत्, दुःख–पीडामा मसँगै रहनेछु ।’

महाङ्काल गाउँपालिका महिला तथा बालबालिका शाखाले सम्बन्धित वडाअध्यक्ष, जनप्रतिनिधि एवं सचिव र स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर यो सेवा लिनसक्ने पनि उनले जानकारी दिइन् । उनका अनुसार यो सेवा गाउँपालिकाभित्रका नागरिकले मात्र उपयोग गर्न पाउने व्यवस्था गरिने छ । 

गोलेले नागरिकलाई सम्बोधन गर्दै आपत्–विपत् र दुःखमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो निर्णय जनसेवा र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताका रूपमा रहेको बताइन् । 
 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १२ : १३ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री