अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार धमाधम मैदान छाड्दै | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार धमाधम मैदान छाड्दै


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– आगामी नयाँ राष्ट्रपतिका लागि अमेरिकामा चुनावी सरगर्मी बढिरहँदा डेमोक्रिटिक उम्मेदवारहरुको उपस्थित कमजोर बन्दै गएको छ ।

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरी उम्मेदवार बेटो ओरोर्कले उम्मेदवारी नदिने घोषणा गरेका छन् । भने अर्की उम्मेदवार कमला ह्यारिसले चुनावमा खटिएका कर्मचारी कटौती गर्दै कार्यलयहरु धमाधम बन्द गर्न थालेकी छिन् ।

बेटो ओरोर्कले शुक्रबार आफ्नो चुनावी अभियान समाप्त गर्दै राष्ट्रपति पदमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् । आफूले प्रतिस्पर्धाका लागि प्रयाप्त फण्डरेज गर्न नसकेको बताउँदै उनले मैदान छाडेका जनाएका छन् ।

ओरोर्कले सन् २०१९ को तेश्रो क्वाटरमा जम्मा साढे ४ मिलियन डलर फण्डरेज गरेका थिए ।

त्यस्तै, डेमोक्रेटिक प्राइमरी उम्मेदवार कमला ह्यारिसले न्यु ह्याम्सशायरमा तीनवटा चुनावी अभियानका अफिसहरु बन्द गरेकी छिन् । कमला ह्यारिसले डेमाक्रेटिक पार्टीका तर्फबाट क्यालिफोर्नियाबाट सिनेटमा प्रतिनिधित्व गर्छिन् ।
सन् २०१० भन्दा अघि उनी सान फ्रान्सिस्कोको डिस्ट्रिक्ट एटर्नीमा दुईपटक निर्वाचित भएकी थिइन् । कमला अमेरिकी सिनेटरमा निर्वाचित दोश्रो अश्वेत महिला हुन् ।

कमला अमेरिकी सिनेटमा पुग्ने पहिलो भारतीय अमेरिकन पनि हुन् । कमलाकी आमा भारतबाट अमेरिकामा बसाई सरेकी थिइन् ।

कमला ह्यारिसको टिम प्राइमरी नोमिनेशन जित्न र सन् २०२० मा ट्रम्पलाई हराउनका लागि फरक रणनीतिमा लागेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : १९ बजे

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य