लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित « Khabarhub

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ ।

आज नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । यो छ प्रतिशतको वृद्धि हो । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो दिन खुलेको बजारमा लगानीकर्तामा उत्साह देखिएको हो ।
     
आज बजार खुलेलगत्तै नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो ।

त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार खुलेको एक मिनेटभित्रै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।

त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर १  मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
     
हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।
     
आज २६१ कम्पनीको ११ लाख ४३ हजार ७६७ कित्ता शेयर चार हजार ५१ पटक खरिद–बिक्री हुँदा रु ५५ करोड ५९ लाख ६३ हजार ८९४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ ६ दशमलव ९२, विकास बैङ्क पाँच दशमलव ९१, वित्त पाँच दशमलव ४७, होटल तथा पर्यटन पाँच दशमलव ७३, जलविद्युत् छ दशमलव ८१ र लगानी समूह सात दशमलव ०६ प्रतिशतले बढेको छ । 

त्यस्तै, जीवन बीमा चार दशमलव ६७, उत्पादन तथा प्रशोधन पाँच दशमलव ३०, लघुवित्त चार दशमलव ०७, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा तीन दशमलव ७४, व्यापार सात दशमलव ७३ र अन्य समूह पाँच दशमलव ५६ प्रतिशतले बढेको हो । 
 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १२ : ३३ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने