हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी « Khabarhub

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ ।

आज दिउँसो १ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले एक निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता लिएको छ । 

त्यस्तै नेकपा (एमाले)आठ स्थानमा विजयी भएको छ भने एक स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भए। श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ८६ लाख ५३ हजार ४१६ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले ४१ लाख ८० हजार ३२२, कांग्रेसले १३ लाख ९७ हजार ८७४, एमालेले ११ लाख ८० हजार ७९४ र नेकपाले छ लाख १४ हजार ३६०, श्रम संस्कृति पार्टीले तीन लाख चार हजार ५७१ र राप्रपाले दुई लाख ८३ हजार २२१ मत प्राप्त गरेको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १ : ४३ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री