६५५ मतमात्रै ल्याएर हारेका ऋषि धमलाले भने- आमजनता पार्टीसँग मेरो सम्बन्ध छैन « Khabarhub

६५५ मतमात्रै ल्याएर हारेका ऋषि धमलाले भने- आमजनता पार्टीसँग मेरो सम्बन्ध छैन


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट पराजित भएका ऋषि धमलाले आम जनता पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा धमलाले निर्वाचनका लागि मात्रै आफूले आम जनता पार्टीको चुनाव चिन्ह प्रयोग गरेको भन्दै निर्वाचन सकिएकाले अव सो पार्टीसँग कुनै सम्बन्ध नरहेको बताएका हुन् । 

आफूले अहिलेसम्म कुनै पनि दलको सदस्यता नलिएको र निर्वाचनमा प्रयोग गरेको मोबाइल चिन्ह र उक्त दलसँग कुनै सम्बन्ध नरहेको उनको भनाइ छ ।

धमलाले आफूले लिएको चुनाव चिन्ह ‘मोबाइल’ आम जनता पार्टी र जनादेश पार्टीबीचको एकल चुनाव चिह्न लिने सहमतिबमोजिम आफूले प्रयोग गरेको बताए । आफू चुनावमा जानुअघि नै बालेन शाहले बोलाएर चुनावमा उठ्न आग्रह गरेको समेत उनले बताए । 

उनले आफूले ६ महिनाअघि नै मधेशमा जन्मिएको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ भनेर बोलेको भन्दै अहिले त्यो दिन नजिक आएको उल्लेख गरे ।

धमलाले आफू आगामी दिन पनि निरन्तर रौतहटवासीको सुख–दुःखमा साथमा रहने बताए । 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ४ : ५४ बजे

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट