खेलाडीहरूको तालाबन्दीमा एन्फाको ध्यानाकर्षण « Khabarhub

खेलाडीहरूको तालाबन्दीमा एन्फाको ध्यानाकर्षण


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीहरूले गरेको तालाबन्दीप्रति गम्भीर  ध्यानाकर्षण भएको जनाएको छ । 

एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित  एन्फा केन्द्रीय कार्यालयमा भएको तालाबन्दीका कारण प्रशासनिक कामकाज प्रभावित भएको भन्दै तत्काल तालाबन्दी  खोल्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।

नेपाल फुटबल खेलाडी सङ्घले विभिन्न माग राखी आइतबार तालाबन्दी गरेको थियो । सङ्घका अनुसार केही खेलाडीहरूले तलब, भत्ता, पुरस्कार रकम, प्रतियोगिता तथा खेलाडी कल्याण कोषसम्बन्धी माग राख्दै तालाबन्दी गरेका हुन् । 

एन्फाले भने खेलाडीहरूको माग सम्बन्धित नियम तथा प्रक्रियाअनुसार समाधान गर्ने प्रयास भइरहेको बताएको छ । विज्ञप्तिमा ए डिभिजन क्लबका खेलाडीहरू राष्ट्रिय टोलीमा सहभागी हुँदा पाउने भत्ता र सेवा–सुविधासम्बन्धी व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको जनाइएको छ । 

एन्फाले पुरस्कार रकम तथा अन्य भुक्तानी नियमअनुसार क्रमशः उपलब्ध गराइने बताउँदै तालाबन्दीका कारण फुटबल गतिविधिमा नकारात्मक प्रभाव पर्नसक्ने भएकाले सम्बन्धित पक्षलाई संवादमार्फत समस्या समाधान गर्न आग्रहसमेत गरेको छ । 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ४६ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री