प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौँ क्षेत्र नं १० मा एक हजार २२६ मत बदर भएको छ । सो क्षेत्रमा ८३ हजार ३०१ मतदाता छन् । साठी हजार ४४१ तत खसेकामा त्यसमध्येमा ५९ हजार २१५ मत सदर भएको थियो । 

निर्वाचन क्षेत्र नं ९ मा ९३३ मत बदर भएको छ । कूल ७८ हजार ४९५ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ७४० मत खसेको थियो । सो क्षेत्रमा ५१ हजार ८०७ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ८ मा ६२३ मत बदर भएको छ । त्यहाँ कूल मतदाता ५७ हजार ८११ छन् । सैतीस हजार ७९४ मत खसेकामा ३७ हजार १७१ मत सदर भएको थियो । 

 निर्वाचन क्षेत्र नं ७ मा ८०५ मत बदर भएको छ । ६८ हजार ६८५ कूल मतदाता रहेको क्षेत्रमा ४४ हजार ८५७ मत खसेको थियो । यस क्षेत्रमा ४४ हजार ०५२ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ६ मा ८११ मत बदर भएको छ । ६७ हजार ७५९ कूल मतदाता रहेको यस क्षेत्रमा ४५ हजार २४८ मत खसेको थियो । यहाँ ४४ हजार ४३७ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।

निर्वाचन क्षेत्र नं ५ मा ९०२ मत बदर भएको छ । कूल ७८ हजार ११४ मतदाता रहेको यस क्षेत्रमा ५१ हजार ९६९ मत खसेको थियो । ५१ हजार ०६७ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ४ मा ८६२ मत बदर भएको छ । कूल ७६ हजार २५१ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ९६३ मत खसेको थियो । खसेकोमध्येमा ५० हजार १०१ मत सदर भएको जनाइएको छ । 

निर्वाचन क्षेत्र नं ३ मा ९४० मत बदर भएको छ । ६४ हजार ४७९ कूल मतदाता रहेको यस क्षेत्रमा ४४ हजार १९० मत खसेको थियो । खसेकोमध्ये ४३ हजार २५० मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं २ मा एक हजार ०९५ मत बदर भएको छ । कूल ८८ हजार ७०८ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार ४४१ मत खसेको थियो । खसेकोमध्ये ५८ हजार ३४६ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं १ मा ४३४ मत बदर भएको छ । कूल मतदाता ५५ हजार २९२ रहेको यस क्षेत्रमा ३२ हजार ३१४ मत खसेको थियो । जसमध्ये ३१ हजार ८८० मत सदर भएको थियो ।

देशभर कति मत बदर भयो भन्ने मङ्गलबार सबै मतगणना सकिएपछि भन्न सकिने आयोगले जनाएको छ । अहिलेसम्मको विवरणअनुसार तीनदेखि चार प्रतिशत मत बदर भएको अनुमान गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले  जानकारी दिए । आज बेलुकीसम्म समानुपातिक प्रणालीतर्फको ९५ लाख २३ हजार मतगणना सकिएको पनि उहाँले सुनाए ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ७ : ०७ बजे

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी घोषित, आयोगले दियो प्रमाणपत्र

काठमाडौं – आज सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि धनुषा–१ मा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको फोन संवाद, जितका लागि दिए बधाई

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल