काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा निर्वाचनप्रति बधाई व्यक्त गरेका छन्।
बंगलादेशका पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रहमानले सामाजिक सञ्जाल फेसबुकमार्फत् ५ मार्च २०२६ मा सम्पन्न संसदीय निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका हुन्।
उनले उक्त निर्वाचनलाई नेपाली जनताको आकांक्षा, सहनशीलता तथा लोकतान्त्रिक संस्थाहरूको मजबुती झल्काउने महत्वपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा उल्लेख गरेका छन्।
रहमानले बंगलादेशले नेपालसँगको लामो समयदेखिको मित्रता र सहकार्यलाई थप सुदृढ बनाउन नयाँ सरकार तथा नेपाली जनतासँग नजिकबाट काम गर्न चाहेको पनि बताएका छन्।
यसअघि सोमबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहसँग फोन संवाद गरेका थिए । उनलेे फोन संवादमा फागुन २१ मा भएको निर्वाचनमा प्राप्त विशाल जितका लागि बधाई दिएका थिए ।













प्रतिक्रिया