गगनको राजीनामा होइन, महाधिवेशन मिति घोषणा गरौँ : किरण गिरी « Khabarhub

गगनको राजीनामा होइन, महाधिवेशन मिति घोषणा गरौँ : किरण गिरी


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण गिरीले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग्नु उचित नभएको बताएका छन् । उनले अहिलेको आवश्यकता थापाको राजीनामा होइन, १५ औँ महाधिवेशनको मिति घोषणा गरी पार्टीलाई संगठनात्मक रूपमा अघि बढाउनु रहेको बताए ।

गिरीले विशेष महाधिवेशनबाट २०८२ माघ १ गते निर्वाचित नेतृत्वले स्पष्ट नीति, कार्यक्रम र एजेन्डा तय गर्दै ५० दिनमै १६५ निर्वाचन क्षेत्रमा आमनिर्वाचन सामना गर्नु आफैँमा सफल र सराहनीय काम भएको उल्लेख गरेका छन् । उनका अनुसार समयको दबाब, युवा पुस्ताको आकांक्षा र पार्टीभित्रको परिस्थितिका कारण विशेष महाधिवेशन आवश्यक र अपरिहार्य थियो ।

उनले नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन ढिलो भए पनि त्यसले पार्टीलाई नयाँ दिशातर्फ लैजाने अवसर दिएको बताए । गिरीका अनुसार २०७२ सालपछि कांग्रेसले स्पष्ट राजनीतिक बाटो समात्न नसक्दा चुनावी परिणाममा असर परेको हो ।

गिरीले सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माको पहलमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको र समानुपातिकतर्फ करिब १९ सांसद आउने अवस्था बनेको उल्लेख गरे। देउवा समूहको बहिष्कार र असहयोगका बाबजुद पनि कांग्रेसले करिब ३७ स्थानमा उपस्थिति बनाउनु सकारात्मक परिणाम भएको उनको भनाइ छ ।

उनले अहिले सभापति थापाको राजीनामा माग्नुको सट्टा पार्टीलाई १५ औँ महाधिवेशनतर्फ लैजानु आवश्यक भएको बताए। साथै चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सभापति थापा र उपसभापति शर्माले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

गिरीले अब तत्काल केन्द्रीय कार्यसमिति बैठक बसेर आमनिर्वाचनको परिणामको गम्भीर समीक्षा गर्नुपर्ने, पुराना नेताहरूको भूमिकाको विश्लेषण गर्नुपर्ने र पार्टीको आगामी रणनीति तय गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ११ : ५२ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत