श्रीमती रितुको स्वास्थ्य सुधारपछि गायक शर्मा भन्छन्- ‘क्यान्सर उपचार नेपालमै सम्भव छ’ « Khabarhub

श्रीमती रितुको स्वास्थ्य सुधारपछि गायक शर्मा भन्छन्- ‘क्यान्सर उपचार नेपालमै सम्भव छ’


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक हेमन्त शर्माले श्रीमती रितुको स्तन क्यान्सरको उपचारका विभिन्न चरण पूरा भएपछि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शर्माले क्यान्सर उपचार नेपालमै सम्भव रहेको पनि बताए ।

उनका अनुसार नेपाल क्यान्सर अस्पतालमा गरिएको उपचार अन्तर्गत ८ चरण किमोथेरापी, डबल मास्टेक्टोमी (दुवै स्तनको शल्यक्रिया) तथा १५ सत्र रेडिएसन थेरापी पूरा गरेर अहिले श्रीमतीको स्वास्थ्यमा सुधार आएको हो।

उपचार सुरु भएपछि धेरैले भारतको दिल्ली गएर उपचार गर्न सुझाव दिएको उनले बताए। तर पारिवारिक सल्लाह, नेपालमा उपलब्ध उपचार सेवा र आफ्ना परिस्थितिलाई ध्यानमा राखेर नेपालमै उपचार गर्ने निर्णय गरिएको शर्माको भनाइ छ।

उपचार डा. सुदीप श्रेष्ठको निगरानीमा रहेको चिकित्सक टोलीले गरेको थियो।

उपचार सुरु गर्नु अघि पाटन अस्पताल का क्यान्सर विशेषज्ञ डा. अरुण शाही र काठमाडौं क्यान्सर सेन्टर का डा. आविश अधिकारीसँग लिएको प्रारम्भिक परामर्श पनि महत्वपूर्ण रहेको उनले बताएका छन्।

हाल उपचारको मुख्य चरण सकिएपनि नियमित फलोअप, दीर्घकालीन औषधि सेवन र चिकित्सकीय निगरानी जारी रहको उनले बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ४ : ५३ बजे

मध्यपूर्व युद्ध : लेबनानमा एक लाख मानिस विस्थापित

काठमाडौं- इजरायली हवाई हमलाका कारण लेबनानमा करिब सात लाख मानिसहरू

वरिष्ठ पत्रकार तथा कवि सुरेश किरणको निधन

काठमाडौं- भाषा आयोगका सदस्य एवम् वरिष्ठ पत्रकार तथा कवि सुरेश

रूपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनमा रूपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र

लज्जास्पद हारपछि पनि विष्णु रिमालको जिकिर : एमाले फेरि धुलो टक्टक्याउँदै उठ्नेछ

काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिमालले पार्टी फेरि पनि धुलो

निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउनेछ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष