राजुनाथ भन्छन् : बालेन्द्रबाहेक अरू कोही प्रधानमन्त्री हुनै सक्दैनन् « Khabarhub

राजुनाथ भन्छन् : बालेन्द्रबाहेक अरू कोही प्रधानमन्त्री हुनै सक्दैनन्


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री नबनाउने कुरा हल्ला मात्रै भएको तर्क गरेका छन् ।

मंगलबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले पार्टीको पुस १३ को सहमति, आधिकारिक लाइन र जनताको म्यान्डेट बालेनकै पक्षमा रहेकाले उनै प्रधानमन्त्री हुने जिकिर गरे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र साह नै हुन्। यसमा शंका छैन। गैरजिम्मेवार र नचाहिने कुरा कसैले गर्छ भने त्यो सह्य हुनेछैन, जनताले पनि मान्दैनन्’, उनले चेतावनीको शैलीमा भने ।

पार्टीका पदाधिकारी र सदस्यहरूलाई आधिकारिक लाइन बाहिर गएर बोल्ने छुट पनि नभएको पाण्डेले बताए ।

सभापति-उपसभापति कसैले पनि बालेनको विकल्प नखोजेको बताउँदै उनले हल्लामा आएका कुरा निराधार भएको तर्क गरे।

‘पार्टीको लाइनभन्दा बाहिर गएर मान्छेअनुसार कुरा नगर्न म अनुरोध गर्छु। मिडियामा बोल्दा सम्यमित हुनुपर्छ। यो पार्टीभित्रको सुशासनको सवाल पनि हो ।’

उनले सुशासनबारे राजनीतिज्ञलाई मात्रै गाली गरेर नपुग्ने बताउँदै कर्मचारीतन्त्रको कार्यशैलीमा पनि व्यापक परिवर्तन चाहिएको जिकिर गरे ।

‘हामीलाई सुशासन चाहिएको छ। सरकारी कार्यालयमा जाँदा नागरिकले सुशासन महसुस गर्नुपर्छ। अब सुशासनका लागि निर्मम बनेर अगाडि बढ्छौं,’ पाण्डेले भने ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ७ : १७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन