समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ? « Khabarhub

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। कूल एक करोड सात लाख ३० हजार बढी मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत ल्याएको छ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ।

ताजा मतपरिणाम अनुसार रास्वपाले समानुपातिकतर्फ ५८ सिट पाउने देखिन्छ । प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको रास्वपाले ५८ सिट पाए प्रतिनिधि सभामा दुई तिहाइ पुर्‍याउन एक सिट कम हुनेछ । कुल २७५ प्रतिनिधिसभामा दुई तिहाइका लागि १ सय ८४ सांसद चाहिन्छ । दुई तिहाइका लागि रास्वपाले समानुपातिकतर्फ ५९ सिट ल्याउनु आवश्यक हुन्छ । यद्यपि ५८ सिट आए पनि म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनलाई रास्वपाले समर्थन गरेकाले उनको साथ पाएमा १८४ सिट पुग्ने देखिन्छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस रास्वपा भन्दा करिब ३४ लाख मत पछाडि छ।

नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत पाएको छ । यो मतका आधारमा कांग्रेसले समानुपातिकतर्फ २० सिट जित्ने देखिन्छ । प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसको सांसद संख्या ३८ देखि ४० पुग्ने अनुमान गर्न सकिन्छ ।

नेकपा (एमाले) ले समानुपातिकतर्फ १४ लाख ४८ हजार ४१२ मत पाएको छ। यो मतका आधारमा एमालेले समानुपातिकमा १६ सिट पाउने छ । यसअघि प्रत्यक्षमा ९ सिट मात्र जितेको एमालेको २५ सिट हुनेछ ।

चौथो स्थानको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समानुपातिकमा आठ लाख चार हजार १७१ मत पाएको छ। यसका आधारमा उसले समानुपातिकतर्फ ९ सिट जित्ने देखिन्छ । प्रत्यक्षमा सात सिट जितेको नेकपा १७ सिटसहित संसदमा प्रवेश गर्ने सम्भावना देखिन्छ ।

पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बनिसकेको छ । उसले अहिलेसम्म समानुपातिकतर्फ तीन लाख ७८ हजार ५९४ मत ल्याएको छ । यसका आधारमा उसले चार सिट जित्ने देखिन्छ । यसअघि प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृतिको प्रतिनिधिसभामा सात सिट हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा तीन लाख २९ हजार ४६६ मत प्राप्त गरेको छ। यो मतका आधारमा राप्रपालेसमेत चार सिट पाउने देखिन्छ । प्रत्यक्षमा एक सिट जितेको राप्रपा संसदमा पाँच सिटसहित छैटौं दल बन्नेछ ।

अन्य दलले अहिलेसम्म थ्रेस होल्ड कटाउन सकेका छैनन्। थ्रेस होल्ड कटाउन नसक्ने दल राष्ट्रिय पार्टी बन्ने छैनन्।

जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७, जनमत पार्टीले ७८ हजार ९४९ प्राप्त गरेको छ। समानुपातिकतर्फको मतगणना जारी छ।

प्रत्यक्षतर्फको १६५ मध्ये १६४ स्थानको नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ। दोस्रो स्थानमा पुगेको नेपाली कांग्रेसले १८ जित जित्दा एमाले ९ र नेकपा सात सिटमा खुम्चिएका छन्। श्रम संस्कृति पार्टीले तीन सिट जित्दा राप्रपा र स्वतन्त्रले एकएक सिट जितेका छन्।

उम्मेदवार खारेजको विषयमा विवाद भएको धनुषा–१ को मतपरिणाम भने आयोगले औपचारिक रुपमा सार्वजनिक गरेर नतिजामा समावेश गरेको छैन।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ९ : ४७ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित