बीमाको औषधि बाहिर किन्न लगाउने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी « Khabarhub

बीमाको औषधि बाहिर किन्न लगाउने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार गरिरहेका बिरामीलाई बीमा प्याकेजमा समावेश औषधि तथा सामग्री बाहिरका पसलबाट नगदमा किन्न लगाउने स्वास्थ्य संस्थालाई कारबाही गरिने बोर्डले चेतावनी दिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी अस्पताल तथा स्वास्थ्य संस्थाले बीमित बिरामीलाई उपचारका क्रममा आवश्यक पर्ने सेवा र औषधि बीमा प्याकेजभित्रै उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि केही स्थानमा बिरामीलाई बाहिरबाट औषधि किन्न लगाइएको गुनासो बढेपछि बोर्डले यस्तो चेतावनी दिएको हो ।

बोर्डका अनुसार यस्ता गतिविधि स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत हुने भएकाले तुरुन्त रोक्न निर्देशन दिइएको छ । बीमितले पाउने सेवामा समावेश औषधि तथा सामग्री सेवा प्रदायक स्वास्थ्य संस्थाले नै उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको बोर्डले स्पष्ट पारेको छ ।

यस्तो कार्य नगर्न तथा प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्न सबै सेवा प्रदायक संस्थालाई आग्रह गरिएको छ। साथै अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्थाले नियम विपरीत कार्य गरेको पाइएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही गरिनेछ, बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन कुमार साहद्वारा जारी पत्रमा भनिएको छ ।

Screenshot

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १२ : १७ बजे

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन

विपन्न नागरिक उपचार कार्यक्रममा ४ अर्ब ५९ करोड खर्च, ५३ हजारभन्दा बढीले लिए सेवा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित विपन्न नागरिक औषधि उपचार

स्वास्थ्य मन्त्रालयमा स्वीकृतभन्दा ८ सय बढी कर्मचारी पदपूर्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहत निकायमा स्वीकृत दरबन्दीभन्दा

धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा, को–को परे ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा

जोखिम मोलेर मह सिकार

गण्डकी– वैशाख–जेठ भिरमौरीको मह सिकारका लागि उत्तम याम मानिन्छ ।