होर्मुजको जलक्षेत्रमा इरानले थाप्न थाल्यो धराप « Khabarhub

होर्मुजको जलक्षेत्रमा इरानले थाप्न थाल्यो धराप


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जाका परिवहनका लागि संसारको सबैभन्दा महत्वपूर्ण जलक्षेत्र होर्मुजको जलडमरुमध्यमा इरानले धराप थाप्न थालेको छ । अमेरिकी टेलिभिजन सीएनएनले गुप्तचर अधिकारीलाई उद्धृत गर्दै दिएको जनाएअनुसार स–साना डुङ्गाबाट धराप थाप्न थालेको हो ।

यद्यपि हालसम्म व्यापक नभएपनि इरानले सो जलक्षेत्रमा केही दर्जन धराप थापिसकेको जनाइएको छ । अमेरिका र इजरायलले इरानी नौसेनालाई लक्षित गरी हमलालाई तीव्र बनाएपनि इरानसँग ८० देखि ९० प्रतिशत समुद्री धराप थाप्ने डुङ्गा अझै सुरक्षित रहेको दाबी गरिएको छ ।

यसो भएमा इरानले सो क्षेत्रमा सयौँ धराप थाप्ने साम्मथ्र्य राख्ने सीएनएनले जनाएको छ । अहिले होर्मुजको जलक्षेत्र इरानको शक्तिशाली सैन्य दस्ता रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) को नियन्त्रणमा छ ।

होर्मुजको खाडी विश्वव्यापी ऊर्जा आपूर्तिका लागि निकै महत्वपूर्ण मानिन्छ । आईआरजीसीले कुनै पनि यस क्षेत्र भएर कुनै पनि व्यवसायिक तथा सैन्य जहाजलाई यहाँबाट आवतजावत गर्न बन्देज लगाएको छ ।

यहाँबाट विश्व तेल आपूर्तिको पाँच भागको एक भाग आपूर्ति हुँदै आएको थियो । मध्यपूर्वमा जारी तनावका कारण सो क्षेत्रबाट जहाजको आवतजावत व्यवहारिक रुपमा पूर्णतयाः ठप्प छ ।

होर्मुजको जलक्षेत्र ठप्प भएकाले फारसको खाडीमा १ करोड ५० लाख ब्यारेल कच्चा तेल प्रतिदिन र ४५ लाख ब्यारेल प्रशोधित तेल अलपत्र रहेको जनाइएको छ । खाडी देशबाट निर्यात हुन नसकेका कारण तेलको भण्डारण भरिएको छ भने उत्पादन पनि ठप्प छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म इरानले धराप थापेकोबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले इरानलाई धराप थापेको भए तत्काल हटाउन पनि उर्दी जारी गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘यदी इरानले होर्मुजको जलडमरुमध्यमा कुनै धराप थापेको हो भने, र अहिलेसम्म त्यसो भएकोबारे हामीलाई रिपोर्ट छैन, हामी त्यो हटोस् भन्ने चाहन्छौँ, तत्कालै ! यदी केही कारण धराप थापिएको हो र हटाइएन भने इरानविरुद्ध सैन्य नतिजा यसअघि कहिल्यै नदेखिएको स्तरमा हुनेछ । यदी अर्कोतर्फ, उनीहरुले थापिसकेको धराप हटाए भने सही दिशामा ठूलो कदम हुनेछ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १ : १४ बजे

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को

सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्वासीको आँसु र अन्योलता

काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको