सकियो समानुपातिक मतगणना : रास्वपालाई ४७.८२ प्रतिशत मत, दुईतिहाइबाट दुई सिट टाढा « Khabarhub

सकियो समानुपातिक मतगणना : रास्वपालाई ४७.८२ प्रतिशत मत, दुईतिहाइबाट दुई सिट टाढा


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना बुधबार दिउँसो सकिएको छ।

निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट विवरणअनुसार देशभरबाट समानुपातिक मत १ करोड ७ लाख ८९ हजार ७८ मतगणना भएको छ।

समानुपातिकतर्फ सबैभन्दा धेरै मत रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ। उक्त दलले ५१ लाख ५८ हजार ८१० मत (४७.८२ प्रतिशत) प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेको छ।

रास्वपालाई अहिलेको अवस्थामा दुईतिहाइ बहुमतका लागि दुई सिट कम भएको छ । प्रत्यक्षमा १२५ सिट जितेको उसले समानुपातिकमा ५७ सिट जित्ने पक्का भएको छ । यद्यपि समानुपातिक सिट निर्वाचन आयोगले बाँडफाँट गर्दा केही संख्या तलमाथि हुन पनि सक्छ ।

त्यसपछि नेपाली कांग्रेसले १७ लाख ५६ हजार ४३ मत (१६.२८ प्रतिशत) पाएको छ । प्रत्यक्षमा १८ सिट जितेको उसले समानुपातिकमा २० सहित ३८ सिट जितेर दोस्रो दल बन्दैछ।

उता नेकपा एमालेले १४ लाख ५२ हजार ९३९ मत (१३.४७ प्रतिशत) ल्याएको छ। जसले प्रत्यक्षमा ९ सीट जितेको थियो । अब समानुपातिकमा उसले १६ सिट थप्दा प्रतिनिधिसभामा २५ सिटसहित तेस्रो दल हुनेछ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाले ८ लाख ९ हजार ६४१ मत (७.५ प्रतिशत) प्राप्त गरेको छ। प्रत्यक्षमा ७ सिट जितेको उसले समानुपातिकमा ९ सिट थपेर १६ सिटको हुनेछ।

त्यस्तै पहिलो चुनावमै राष्ट्रिय दल बनेको श्रम संस्कृति पार्टीले पनि ३ लाख ८५ हजार ७४८ मत (३.५८ प्रतिशत) मत पाएको छ। उसले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ सहित जम्मा ७ सिट लिएर संसद्को पाँचौँ दल बनेको छ ।

अर्कातिर जुम्लामा ज्ञानेन्द्र शाहीले मात्रै चुनाव जितेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि राष्ट्रिय दल बनेको छ । उसले बल्लतल्ल थ्रेस होल्ड कटाउँदै ३ लाख ३० हजार २८१ मत (३.०६ प्रतितश) प्राप्त गरेको छ।

३ प्रतिशतको थ्रेसहोल्ड पार गरेपछि अब राप्रपाका पनि प्रत्यक्षमा १ र समानुपातिकमा ४ सहित ५ सांसद हुनेछन् । २०७९ सालमा १४ सिट जितेको राप्रपा ५ सिटमा सीमित भएको छ। उसका अध्यक्ष राजेन्द्र लिङ्देन नै झापा ३ मा पराजित भएका छन् ।

सिटको अनुमानित स्थिति

प्रत्यक्षतर्फ र समानुपातिकको सिट जोड्दा दलहरूको हैसियता

राष्ट्रिय स्वतन्त्र पार्टी-१८२ सिट

नेपाली कांग्रेस-३८ सिट

नेकपा एमाले-२५ सिट

नेकपा-१६ सिट

श्रम संस्कृति पार्टी-७ सिट

राष्ट्रिय प्रजातन्त्र पार्टी– ५ सिट

स्वतन्त्र-१ सिट

प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सिट आवश्यक पर्छ । दुईतिहाइ बहुमतका लागि १८४ सिट चाहिन्छ। अहिलेलाई रास्वपा दुईतिहाइ बहुमतबाट दुई सिट टाढा छ । यदि म्याग्दीबाट जितेका महावीर पुन जोडिए १८३ हुन्छ । तर उनले आफू स्वतन्त्र नै रहने बताएका छन् ।

धनुषा १ मा रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि घण्टीलाई २३ हजारभन्दा धेरै मत परेको छ । उनको उम्मेदवारी खारेज भएपछि निर्वाचन आयोगले नेकपाका मातृका यादवलाई प्रमाणपत्र दिएको छ।

तर उम्मेदवारी खारेजपछि कमलले हालेको रिटको छिनोफानो सर्वोच्च अदालतले आगामी फागुन २९ गते गर्दैछ । प्रमाणपत्र दिए पनि निर्वाचन आयोगले आधिकारिक रुपमा धनुषा १ को विजेता घोषणा गरेको छैन । यदि किशोरीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय अदालतले उल्ट्याए रास्वपाले दुईतिहाइ छुन सक्नेछ।

२०७९ मा दलहरूको अवस्था

अघिल्लो निर्वाचन (२०७९) मा सिट जितेका केही दलहरू यसपटक शून्यमा झरेका छन्।

जसपा-२०७९ मा १२ सिट, अहिले ०

जनमत पार्टी-६ बाट ०

नागरिक उन्मुक्ति पार्टी-४ बाट ०

नेकपा एकीकृत समाजवादी-१० बाट ०

लोसपा-४ बाट ०

नेमकिपा-१ बाट ०

राष्ट्रिय जनमोर्चा-१ बाट ०

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ३ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन