केही घण्टाको अन्तरालमा होर्मुजको जलक्षेत्रमा तीन जहाजमाथि हमला « Khabarhub

केही घण्टाको अन्तरालमा होर्मुजको जलक्षेत्रमा तीन जहाजमाथि हमला


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार केही घण्टाको अन्तरालमा होर्मुजको जलडमरुमध्यमा रहेका तीन जहाजमा हमला भएको छ । होर्मुजको जलडमरुमध्यमा रहेको एउटा बल्क क्यारियरमा अज्ञात अस्त्रबाट हमला भएको बेलायती समुद्री सुरक्षा निकायले जानकारी दिएको छ । यस जहाज दुबईबाट ५० समुद्री माइलको दूरीमा रहेको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।

लायती समुद्री व्यापार निकाय यूकेएमटीओका अनुसार आक्रमणका बावजुद जहाज र कर्मचारी सुरक्षित छन् भने यसबाट कुनै वातावरणीय क्षति पुगेको छैन । त्यसैगरी, बुधबार नै ओमानको मुसानडाम प्रायद्विपनजिकै कार्गो जहाजमा आक्रमण भएको छ ।

प्रायद्विपबाट ११ समुद्री माइलको दुरीमा रहेको जहाजमा हमलापछि आगलागी भएको यूकेएमटीओले उल्लेख गरेको छ । त्यसैगरी, बुधबार नै यूएईको तटपारी रहेको अर्को जहाजमा पनि हमला भएको सीएनएनले समाचार लेखेको छ । आक्रमणपछि उक्त जहाज पनि क्षतिग्रस्त भएको जनाइएको छ ।

अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि पश्चिम एशियामा शुरु भएको युद्धका क्रममा होर्मुजको जलडमरुमध्यमा हालसम्म १३ वटा जहाजमा हमला भइसकेको छ । इरानले उक्त जलक्षेत्र भएर आवतजावत नगर्न जहाजलाई चेतावनी दिएको छ ।

हाल विश्व ऊर्जा परिवहनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सो क्षेत्रमा जहाजको आवतजावत ठप्प छ । जसका कारण विश्व बजारमा तेल सङ्कट निम्तिने जोखिम बढेर गएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ३ : २८ बजे

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बलेवा– मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै