कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा « Khabarhub

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग निवारणयोग्य स्वास्थ्य समस्या भए पनि सामाजिक उपेक्षालगायत व्यवहार सुधार गर्न आवश्यक रहेको बताएका छन् । 
    
सोह्रौँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले यस रोगप्रतिको नकारात्मक शिक्षा प्रदान गर्ने सामाजिक विकृतिबाट बाहिर निस्कनुपर्ने बताए।
 
‘नेपालको संविधानले सबै नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने हकको सुनिश्चिता गरेको छ । यस रोगलाई स्वास्थ्यसम्बन्धी समस्या हो भनी उपचारात्मक उपायद्वारा निवारण गर्दै गर्दा यसबाट प्रभावित व्यक्तिको मनोविज्ञानमा नकारात्मक असर हुन नदिनका लागि तथा आर्थिक क्षेत्रमा समेत योगदान पुर्‍याउनसक्ने गरी ज्ञान, सीप र कला तथा शिक्षाको अवसरमा पनि राम्रा कार्यक्रम बनाउनुपर्छ’, उनले भने।
 
नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले कुष्ठरोगसम्बन्धी विभेद देखिएका कानुन संशोधन गरी समाजका अन्य नागरिकसरह ससम्मान बाँच्न पाउने अधिकारका लागि समाजले सरकारसँग मिलेर काम गरिरहेको बताए।
 
समाजले गरेको एक अध्ययनअनुसार नेपालमा कुष्ठ प्रभावित व्यक्तिको सङ्ख्या दुई लाखको हाराहारीमा रहेको छ । जसमध्ये ३० हजार अपाङ्गता भएको अनुमान गरिएको छ । नेपालले २०६६ साल माघ ५ गते कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याबाट निवारण भएको घोषणा गरेको थियो ।
 
नेपालमा कुष्ठ प्रभावित समस्या समाधानका लागि सात दशकदेखि विभिन्न प्रयास भइरहेको छ । आर्थिक वर्ष २०८०-८१ मा मात्रै दुई हजार पाँच सय २२ कुष्ठरोगका नयाँ बिरामी फेला परेका थिए । कुष्ठरोग निवारणका लागि सरकारले राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८–२०८२_ कार्यान्वयनमा ल्याएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ६ : ११ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी