किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ « Khabarhub

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म करिब १२ करोड रुपैयाँ संकलन गरेका छन् । उक्त रकम वीरगञ्जमा सञ्चालन गर्न लागिएको कृषि औजार कारखानाका लागि प्रयोग गरिने उनले बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले आज बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म पोखराका तीन स्थानमा मात्रै १४०८ वटा पुस्तक बिक्री भएको जानकारी दिएका छन् । पुस्तक बिक्रीबाट संकलित सम्पूर्ण रकम वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि प्रयोग हुने उनले उल्लेख गरेका छन् ।

उनका अनुसार कारखानामा साना किसानलाई आवश्यक पर्ने विभिन्न प्रकारका कृषि औजार उत्पादन भइरहेको छ। ती औजारहरू के–कस्ता बन्दैछन् भन्नेबारे फुर्सद मिल्ने बित्तिकै भिडियोमार्फत सार्वजनिक गर्ने पनि उनले बताएका छन्।

पुनले कारखाना सञ्चालनका लागि कम्तीमा २० करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख गर्दै पुस्तक बिक्री अभियान अझै जारी रहने बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ८ : ४३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम