गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए « Khabarhub

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

‘चिनियाँ मोडेलको नक्कल सुपरफ्लप भयो, नसच्याए अर्को पटक सकिन्छ’


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच वर्षअघिको राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया र त्यसको विघटनबारे टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले नेकपाको त्यो समय ‘क्लाइमेक्स’ र ‘कोल्याप्स’ को मिश्रण भएको बताएका हुन्। वामपन्थी शक्तिबीचको एकताले जनतामा अभूतपूर्व उत्साह जगाए पनि विचार, संगठन र व्यवहारिक पक्षमा कमजोरी रहेका कारण एकता टिकिराख्न नसकेको उनको तर्क छ।

‘त्यतिबेला एकताको आधार कमजोर थियो, पार्टीको लगाम दुई जना अध्यक्षद्वयको अधिनमा मात्रै सीमित रह्यो’, बाँस्कोटाले भनेका छन्, ‘हामीले न सोभियत संघको विघटनबाट पाठ सिक्यौँ, न त चिनियाँ मोडेलको अन्ध अनुकरण नै सफल हुन सक्यो।’

उनले चिनियाँ कम्युनिस्ट पार्टीको शैलीलाई नक्कल गर्ने प्रयास ‘सुपरफ्लप’ भएको दाबी समेत गरे। यद्यपि, वामपन्थी आन्दोलन पूर्ण रूपमा समाप्त भइनसकेको उल्लेख गर्दै उनले गल्तीहरू नसच्याए आगामी दिनमा थप संकट आउन सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ६ : ३२ बजे

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा– रूपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका

यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो