खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल « Khabarhub

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

'अब बन्ने सरकारले यो संकटलाई कम गर्न तत्काल ठोस योजना र पूर्वतयारी सुरु गर्नुपर्छ'


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा जारी युद्धका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरू गम्भीर त्रासमा रहेको बताएका छन् छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले बढ्दो तनावले जनजीवन र अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनीसमेत दिएका छन्।

खाडीको युद्धले तेल र ग्यासको अभाव हुनुका साथै बजारमा मूल्यवृद्धि बढ्ने संकेत देखिएको उल्लेख गर्दै उनले भनेका छन्, “सम्भावित अभाव र मूल्यवृद्धिले समग्र बजार प्रणालीमा असर पार्दै जनजीवन अझ कठिन बन्ने देखिएको छ।” यस्तो संवेदनशील समयमा नेपाली समाजलाई धैर्य र संयम अपनाउन उनले अपिल समेत गरेका छन्।

महासचिव पोखरेलले अब बन्ने सरकारले यो संकटलाई कम गर्न तत्काल ठोस योजना र पूर्वतयारी सुरु गर्नुपर्नेमा जोड दिएका छन्। संकटलाई बेलैमा सम्बोधन नगरिए यसले आर्थिक र मानवीय समस्या मात्र नभई भविष्यमा ठूलो भूराजनीतिक तनाव समेत निम्त्याउन सक्ने उनको तर्क छ।

“गम्भीर बनौं, सजग बनौं,” भन्दै उनले सरोकारवाला पक्षलाई समयमै सचेत हुन आग्रह गरेका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ८ : ३८ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी