नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ « Khabarhub

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

हिमालदेखि खोलासम्मको संरक्षणका लागि कठोर कानुन कार्यान्वयनको माग


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने नयाँ सरकारले ‘वातावरण तथा जलवायु परिवर्तन’का विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ। पृथ्वी, प्रकृति र मानव सभ्यताको रक्षाका लागि तत्काल ठोस नीति र कठोर कानुन कार्यान्वयनको आवश्यकता औंल्याउँदै उहाँले २१ बुँदे सुझाव प्रस्तुत गर्नुभएको हो।

वातावरण संरक्षणलाई विलासिता नभई अस्तित्वको लडाइँका रूपमा व्याख्या गर्दै नेता गुरुङले वन संरक्षण, नियमित वृक्षारोपण र पानीका स्रोतहरूको संवर्द्धनमा जोड दिनुभएको छ। विशेषगरी सिमसार क्षेत्र, आरक्ष तथा निकुञ्जको संरक्षणसँगै हिमालको हिउँ जोगाउन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने उहाँको धारणा छ।

“हिमालयमा हिउँ भएन भने पृथ्वीमा जीव र वनस्पतिको सम्भावना न्यून हुन्छ, हिउँ नै जीवनको प्रमुख आधार हो,” उहाँले भन्नुभएको छ, “बढ्दो तापक्रम रोक्न र डढेलो नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्छ।”

नेता गुरुङले प्रस्तुत गर्नुभएको कार्ययोजनामा प्लास्टिकजन्य पदार्थको प्रयोगमा पूर्ण रोक, वायु र ध्वनि प्रदूषण नियन्त्रण, तथा उद्योगहरूबाट निस्कने रसायनलाई नियमन गर्ने विषयहरू समेटिएका छन्। उहाँले सडक तथा राजमार्ग निर्माण गर्दा ‘वन्यजन्तुमैत्री’ पूर्वाधार बनाउन र जलविद्युत् आयोजनाहरूमा खुला नहरको व्यवस्था गर्नुपर्ने माग समेत गर्नुभएको छ।

फोहोरमैला व्यवस्थापनका लागि हरेक स्थानीय तहमा वैज्ञानिक केन्द्र र हरियाली पार्क निर्माण गर्नुपर्ने सुझाव दिँदै उहाँले भन्नुभएको छ, “नदी र खोलामा सफा पानी बग्ने सुनिश्चितता गरिनुपर्छ, भूमिगत सिँचाइको सट्टा सतही सिँचाइलाई प्रोत्साहन दिनु आवश्यक छ।”

यस्तै, खाद्यान्न र पशुपालनमा प्रयोग हुने घातक विषादी तथा एन्टिबायोटिक्सको अनियन्त्रित प्रयोगलाई रोक्न कडा कानुन बनाउनुपर्ने उहाँको माग छ। वातावरणीय चेतनाका लागि केन्द्रदेखि स्थानीय तहसम्म अभियान चलाउन र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पूर्ण पालना गर्न पनि उहाँले नयाँ सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ८ : ५० बजे

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट,

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको

नेप्से परिसूचकमा ६.५१ अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका