निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली « Khabarhub

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

'जनताको फैसला शिरोधार्य छ, फेरि जनताकै बीचमा जान्छौँ'


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो अपेक्षाअनुसार नआएको बताएका छन्। निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने र त्यसलाई आफ्नो पार्टीले शिरोधार्य गर्ने उल्लेख गरेका हुन्।

अध्यक्ष ओलीले निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसकेको स्वीकार गर्दै जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने स्पष्ट पारेका छन्। “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो,” उनले भनेका छन्।

कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गर्ने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक र शुभेच्छुकप्रति उनले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले मतदाताको विश्वास र साथ नै आफ्नो पार्टीको मुख्य शक्ति र ताकत भएको उल्लेख गरेका छन्।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको ओलीको भनाइ छ। “हामी जनताकै बीचमा रहनेछौँ र जनताकै लागि काम गरिरहनेछौँ,” उनले भनेका छन्, “विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै हामी अघि बढ्नेछौँ।”

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १० : ३५ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी