‘मयूरी नारी’ मा हमलापछि थाइल्याण्ड र इरानबीच कूटनीतिक संकट « Khabarhub

‘मयूरी नारी’ मा हमलापछि थाइल्याण्ड र इरानबीच कूटनीतिक संकट


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले होर्मुज जलडमरुमध्यमा थाई ध्वजावाहक जहाजमा हमला गरेपछि दुई देशबीच कूटनीतिक संकट पैदा भएको छ । थाइल्याण्डको विदेश मन्त्रालयले थाई ध्वजावाहक ‘मयूरी नारी’ जहाजमाथि भएको आक्रमणको विषयमा छलफल गर्न इरानी राजदूतलाई बोलाएको छ ।

थाइल्याण्डको आधिकारिक समाचार एजेन्सीका अनुसार मन्त्रालयले हिजो भएको उक्त घटनाको वास्तविक तथ्य बुझ्न राजदूतलाई बोलाएको हो । जहाज सञ्चालक कम्पनीका अनुसार आक्रमणमा परी चालक दलका तीन सदस्य बेपत्ता भएका छन् ।

उनीहरू जहाजको इञ्जिन कक्षमा थुनिएको हुनसक्ने अनुमान गरिएको छ । थाइल्याण्ड सरकारले आफ्ना नागरिकको सुरक्षा र घटनाको विस्तृत विवरणका लागि इरानसँग आधिकारिक धारणा माग गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  १ : ५३ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै