त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न  « Khabarhub

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ महोत्सव तथा २४औँ हिमालय ह्वाइटवाटर च्यालेन्ज बिहीबार सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विभिन्न विधामा नेपाली खेलाडी र टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका छन् ।

कायक म्यान्डेटरी रन विधामा रविन्द्र चेपाङ प्रथम हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भए । कायक स्प्रिन्टमा जेसन गुरुङ प्रथम भए भने कायक क्रसमा डम्मर बहादुर पूर्वाछाने विजेता बने ।

त्यसैगरी १० किलोमिटर राफ्ट रेसमा प्याडल नेपाल पहिलो हुँदै ५० हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भयो । उक्त विधामा जलदेवी एड्भेन्चर दोस्रो, नेपाल कायक क्लब तेस्रो र राफ्टिङ एड्भेन्चर नेपाल चौथो स्थानमा रहे । प्रतियोगितामा राफ्ट रेसतर्फ ११ टोली सहभागी भएका थिए । 

कार्यक्रममा नेपालमा पहिलोपटक जल पर्यटन सुरुवात गर्ने हिमालयन एक्सप्लोरेसनलाई पनि विशेष सम्मान गरिएको छ । 

समापन कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा, वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, वरिष्ठ प्रबन्धक उदय भट्टराई तथा नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष कमल ठकुरीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले नेपाल साहसिक पर्यटनको प्रमुख गन्तव्य भएकाले नदीमा आधारित खेल पर्यटन प्रवर्द्धनसँगै नदी संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनीहरूले त्रिशूलीसहितका नदीहरूलाई अन्तर्राष्ट्रिय जल पर्यटन गन्तव्यका रूपमा विकास गर्न संयुक्त पहल आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

प्रतियोगिताले नेपालको नदी–आधारित साहसिक पर्यटन प्रवर्द्धनका साथै खेल पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ५ : २३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि