राष्ट्रपति भण्डारीद्वारा नेता अधिकारीको स्वास्थ्यबारे जानकारी « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा नेता अधिकारीको स्वास्थ्यबारे जानकारी


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।

राष्ट्रपति भण्डारी शुक्रबार साँझ अस्पताल पुगेर अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।
नेता अधिकारीको सघन उपचार कक्षमा (आइसियु) मा राखेर उपचार भइरहेको छ । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएकोमा सुधार नभएपछि माघ २४ गते ह्याम्स अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ११ : २० बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका