ऊर्जा सुरक्षामा चीनको कडाइ « Khabarhub

ऊर्जा सुरक्षामा चीनको कडाइ


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला चीनले आफ्नो ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै परिष्कृत तेल उत्पादनको निर्यातमा कडाइ गरेको समाचार सार्वजनिक भएको छ । ब्लुमबर्ग न्युजका अनुसार बेइजिङले पेट्रोल, डिजेल र जेट इन्धनजस्ता रिफाइन्ड तेल उत्पादनको विदेश पठाउने प्रक्रिया सीमित बनाउन थालेको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीन कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्तामध्ये एक हो । चीनका विशाल रिफाइनरी उद्योगले मुख्यतया घरेलु बजारलाई आपूर्ति गर्ने भए पनि उसले पेट्रोल, डिजेल र जेट इन्धनजस्ता परिष्कृत तेल उत्पादन विदेश पनि पठाउँदै आएको छ। आधिकारिक भन्सार तथ्यांकअनुसार गत वर्ष चीनले करिब पाँच करोड ८० लाख टन रिफाइन्ड तेल उत्पादन निर्यात गरेको थियो।

तर मध्यपूर्वमा बढ्दो युद्ध तनावका कारण अहिले चिनियाँ तेल रिफाइनरीहरूले पहिले नै सहमति भएका केही निर्यात कार्गोहरू रद्द गर्न थालेका छन् । ब्लुमबर्ग न्युजले यस विषयमा जानकारी राख्ने तर पहिचान नखुलाइएका स्रोतहरूलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।

रिपोर्टअनुसार पछिल्लो निर्देशन अघिल्लो हप्ता दिइएको मार्गनिर्देशनभन्दा अझ कडा मानिएको छ । त्यसबेला ढुवानी अस्थायी रूपमा रोक्ने सल्लाह दिइएको भए पनि त्यसलाई अनिवार्य निर्देशनको रूपमा बुझिएको थिएन ।

बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले आफू यस रिपोर्टबारे जानकार नभएको बताए।

इरानमा अमेरिका र इजरायलबीच सुरु भएको युद्धपछि विश्व ऊर्जा बजार निकै अस्थिर बनेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ । खाडी क्षेत्रका केही राज्यमा तेहरानले गरेको आक्रमणका कारण ऊर्जा आपूर्ति अवरुद्ध हुने चिन्ता बढेको छ ।

यस अवस्थालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले रणनीतिक भण्डारबाट कच्चा तेल ठूलो परिमाणमा बजारमा ल्याउने घोषणा गरेको थियो । तर चीन उक्त एजेन्सीको पूर्ण सदस्य नभएकाले संयुक्त रूपमा गरिएको त्यस्तो निर्णयमा सहभागी हुन बाध्य छैन ।

त्यसैबीच मध्यपूर्वबाट ऊर्जा आपूर्ति प्रभावित हुने चिन्ता अझै कम भएको छैन । विश्व कच्चा तेल आपूर्तिको झण्डै पाँचौँ भाग ओहोरदोहोर गर्ने होर्मुज जलडमरूमध्य अहिले प्रभावकारी रूपमा बन्दजस्तै अवस्थामा पुगेको छ ।

विश्लेषण फर्म क्लेपरका अनुसार गत वर्ष चीनले समुद्री मार्गबाट आयात गरेको कुल कच्चा तेलमध्ये आधाभन्दा बढी हिस्सा मध्यपूर्वबाट आएको थियो ।

यद्यपि विश्लेषकहरूका अनुसार चीनले वर्षौंदेखि रणनीतिक रूपमा ठूलो तेल भण्डार तयार पार्दै आएकाले छोटो अवधिमा सम्भावित आपूर्ति अवरोध सामना गर्न सक्ने स्थिति छ ।

क्लेपरको अनुमानअनुसार चीनसँग करिब एक अर्ब २० करोड ब्यारेल बराबरको स्थलमा रहेको कच्चा तेल भण्डार छ । यो परिमाण समुद्री मार्गबाट हुने आयातका आधारमा करिब ११५ दिनका लागि पर्याप्त मानिन्छ ।

यसअघि कारखाना स्तरमा बढ्दो मुद्रास्फीति देखिएपछि बेइजिङले सन् २०२१ मा आफ्नो रणनीतिक तेल भण्डारबाट केही मात्रा बजारमा ल्याउन अनुमति दिएको थियो । त्यो निर्णय राष्ट्रिय खाद्य तथा रणनीतिक भण्डार प्रशासनले घोषणा गरेको थियो।

तर हालको विश्व ऊर्जा बजारको उथलपुथलबीच उक्त निकायले अहिलेसम्म यस्तै नयाँ कदम घोषणा गरेको छैन । विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले यसै साता चीनले आफ्नो ऊर्जा सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ५ : २२ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी