राप्रपाका एकमात्रै सांसद ज्ञानेन्द्र शाहीको चुनाव खर्च २० लाख ५५ हजार रुपैयाँ « Khabarhub

राप्रपाका एकमात्रै सांसद ज्ञानेन्द्र शाहीको चुनाव खर्च २० लाख ५५ हजार रुपैयाँ


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यस पटकको निर्वाचनमा एकमात्रै विजयी सांसद ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।

राप्रपा प्रवक्ता तथा जुम्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य शाहीले फागुन २१ गते सम्पन्न निर्वाचनमा २० लाख ५५ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन् ।

उक्त निर्वाचन अभियान सफलतापूर्वक सञ्चालन गर्न आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।

शुभेच्छुकहरूको विश्वास, साथ र हौसलाले आफूलाई अझै जिम्मेवार र सेवामुखी भएर काम गर्न प्रेरणा दिएको पनि उनले बताएका छन् ।

दोस्रो पटक जुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित शाहीले आगामी दिनहरूमा जनताको माया, सुझाव र निरन्तर साथ पाउने आशा व्यक्त गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ५ : १३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग