भारतले विश्वको जीडीपी वृद्धिमा १७ प्रतिशत हिस्सा योगदान गर्ने आईएमएफको प्रक्षेपण « Khabarhub

भारतले विश्वको जीडीपी वृद्धिमा १७ प्रतिशत हिस्सा योगदान गर्ने आईएमएफको प्रक्षेपण


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले सन् २०२६ मा विश्वको वास्तविक कुल गार्हस्थ्य उत्पादन जीडीपी वृद्धिमा भारतले १७ प्रतिशत हिस्सा योगदान गर्ने प्रक्षेपण गरेको छ । यो योगदानसँगै भारत विश्वकै सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको प्रमुख अर्थतन्त्रको रूपमा कायमै रहने देखिएको छ।

आईएमएफको शीर्ष १० राष्ट्रहरूको सूचीमा भारतपछि अमेरिकाले ९.९ प्रतिशत योगदान गर्ने अनुमान छ । त्यस्तै, इन्डोनेसियाले ३.८ प्रतिशत, टर्कीले २.२ प्रतिशत, साउदी अरबले १.७ प्रतिशत र भियतनामले १.६ प्रतिशत योगदान पुर्‍याउनेछन् ।

नाइजेरिया र ब्राजिलले समान १.५ प्रतिशत तथा जर्मनीले ०.९ प्रतिशत योगदान दिने प्रक्षेपण गरिएको छ । चाखलाग्दो कुरा के छ भने, यो सूचीमा युरोपका अन्य कुनै पनि देशहरू शीर्ष १० भित्र पर्न सफल भएका छैनन् ।

सन् २०२६ मा विश्वव्यापी आर्थिक वृद्धि ३.३ प्रतिशतमा स्थिर रहने प्रक्षेपण गरिएको छ । व्यापारिक तनावमा आएको कमी, खुकुलो वित्तीय अवस्था र प्रविधि (विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स) मा बढेको लगानीले यसलाई टेवा पुर्‍याउने आईएमएफको भनाइ छ। भारतको हकमा, सन् २०२५ पछि मुद्रास्फीति घटेर लक्ष्यको नजिक पुग्ने र खाद्य सामग्रीको मूल्यमा आउने कमीले आन्तरिक मागलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ७ : ५२ बजे

एनपिएलमा सट्टेबाजी गराएको अभियोगमा  एक भारतीय युवक पक्राउ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा

जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान

कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

काठमाडौं– सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने

युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा ‘बाटुलो जून’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जून’ले प्रदर्शनअघि नै