भारतले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र समावेशी बंगलादेशको समर्थन गर्ने « Khabarhub

भारतले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र समावेशी बंगलादेशको समर्थन गर्ने


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशका लागि भारतका उच्चायुक्त प्रणय वर्माले भारतले सधैँ लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र समावेशी बंगलादेशको समर्थन गर्ने बताएका छन् । ढाकामा इफ्तार समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बंगलादेश सरकारका वरिष्ठ मन्त्रीहरू, विभिन्न दलका राजनीतिक नेताहरू र नागरिक समाजका प्रबुद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा वर्माले दुई देशबीचको सम्बन्ध ‘जनता-केन्द्रित’ रहेको र यसको आधार सन् १९७१ को मुक्ति युद्धको साझा बलिदानमा अडिएको उल्लेख गरे । दुई देशबीचको प्रगाढ सांस्कृतिक र ऐतिहासिक सम्बन्धको चर्चा गर्दै उच्चायुक्त वर्माले भारत र बंगलादेश अहिले नयाँ भविष्यको संघारमा रहेको र साझा समृद्धिका लागि मिलेर काम गर्न तयार रहेको बताए ।

उनले बंगलादेशको स्थानीय सरकार तथा ग्रामीण विकास मन्त्री मिर्जा फख्रुल इस्लाम आलमगीरसँग पनि शिष्टाचार भेट गरी ग्रामीण अर्थतन्त्र, कृषि सहकारी र तल्लो तहको आर्थिक सशक्तीकरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल गरेका छन् ।

भारतले बंगलादेशसँग सकारात्मक, रचनात्मक र भविष्यमुखी ढंगले सहकार्य गर्न चाहेको र आपसी हितका सबै क्षेत्रमा जनता-जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको सन्देश वर्माले दिएका छन् । दक्षिण एसियाको स्थिरताका लागि बंगलादेशको प्रगति र समावेशिता महत्वपूर्ण रहेको भारतको ठहर छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १२ : १० बजे

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको

नेप्से परिसूचकमा ६.५१ अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा– पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४