काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै « Khabarhub

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न थालेको छ । कामपाले उपभोक्ताई खाद्य स्वच्छता कायम गराउन खाद्य व्यवसायीलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढाउन थालिसकेको कामपाको खाद्य प्राविधिक भारती अधिकारीकारीले जानकारी दिइन् ।

अधिकारीका अनुसार क्रममा महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालयका क्यान्टिन र अस्पतालका क्यान्टिनहरूमा अनुगमन नियमितजस्तै गरिरहेको छ ।

अहिलेसम्ममा पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलको (जानकी किचेन) क्यान्टिन तथा विद्यार्थीहरूको दिवा खाजा तयार गर्ने भान्छा, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्जको (नमो फुड कोड) क्यान्टिन, रत्नराज्य स्कुल बानेश्वरको क्यान्टिन, केएमसी हस्पिटल सिनामङ्गल (ग्रीन बड्स बेकरी क्याफे) क्यान्टिन, भरोसा अस्पताल वानेश्वरको (सुदूरपश्चिम भोजनालय एण्ड खाजा घर) लगायतका क्यान्टिनको अनुगमन गरीसकेको कामपाको भनाइ छ ।

कामपाले बालबालिकाको स्वास्थ्य, पोषण र दिवा खाजा कार्यक्रमको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयका २३ मिल नर्ससहित ४५ जनालाई खाद्य स्वच्छता तथा पोषणसम्बन्धी तालिम दिइसकेको छ । कामपाको खाद्य प्राविधिक अधिकारीका अनुसार खाद्य स्वच्छता अभ्यास, खाद्यजन्य रोगको जोखिम, सुरक्षित खाना ह्यान्डलिङ, पोषणयुक्त दिवा खाजाको व्यवस्थापन तथा रोग रोकथाममा स्कुल नर्सको भूमिका तालिमका विषय थिए ।

नेपाल सरकारले आव २०७७/०७८ बाट प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म तथा आव २०७९/८० देखि कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम गरेको छ । कामपाले कक्षा १० सम्मका विद्यार्थीहरूलाई दिवा खाजा उपलब्ध गराउँछ ।

अनुगमनका क्रममा कमजोरी सुधारका लागि सुझाव दिने र अखाद्य वस्तुको अनियन्त्रित प्रयोग भएको भेटिएमा सम्बन्धित व्यक्तिको रोहवरमा नष्ट गरीएको छ । विद्यालय क्यान्टिनमा सरसफाइमा लापर्वाही रहेको पाइएको छ । कपडा र खाद्यवस्तुसँगै राख्ने गरिएको पाइन्छ । खाद्यवस्तु नछोपी राख्ने, फोहर फाल्ने भाँडो (डस्टबिन) को समुचित प्रयोग नगर्ने, किचेनको संरचनागत सुधार नगरिएकोजस्ता कैफियत भेटिएको कामपाको भनाइ छ ।

क्यान्टिनमा प्रयोग गरिएको फ्राइड तेलको टिपिएम भ्यालु मापदण्डविपरीत समेत पाइएको बताइएको छ । खाद्यवस्तु ढाकेर नराख्ने, किचेनको भुइँ व्यवस्थापन र सरसफाइमा ध्यान नदिने, एकै ठाउँमा खाना तयार गर्ने र भाडा माझ्ने, आगो सुरक्षाका उपकरणमा ध्यान नदिने साझा समस्या हुन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  १० : ०० बजे

उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद थामिने सम्भावना कमजोर बन्दै गएको छ।

नेपाल ट्रष्टको करिब २०० रोपनी जग्गा व्यक्तिको नाममा नामसारी, सयौँ रोपनी निजी प्रयोगमा

काठमाडौं– नेपाल ट्रष्टको सयौँ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको

भरतमोहन पुत्री सांसद लीमाको टिप्पणी : लोकप्रिय कार्यक्रमलाई चुनावी नारा र भोट बैंक बनाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लीमा अधिकारी आचार्यले ०५१

क्रोएसियाको टोलीमा लुका मोड्रिच, चोटमुक्त भए पाँचौं पटक विश्वकप खेल्ने पक्का

क्रोएसिया- चर्चित फुटबलर लुका मोड्रिच सोमबार क्रोएसियाको टोलीमा समावेश भएका

स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ६८ प्रतिशत 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च