यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी « Khabarhub

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका अमेरिकी अखडामा हमला गर्ने चेतवानी दिएको छ । आईआरजीसीले यूएईमा रहेका अमेरिकी अखडाहरु ‘जायज निशानामा’ रहेको चेतावनी दिएको हो ।

अमेरिकाले इरानको खार्ग टापुमा आक्रमण गरेपछि इरानले यस्तो कडा प्रतिक्रिया दिएको हो । इरानको तस्नीम समाचार एजेन्सीका अनुसार आईआरजीसीले आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र भूभागको रक्षाका लागि अमेरिकी क्षेप्यास्त्र प्रहार भएका स्थानहरूमा आक्रमण गर्ने अधिकार सुरक्षित राखेको बताएको छ ।

इरानले यूएईका विभिन्न सहर, बन्दरगाह र डकहरूमा लुकेर बसेका अमेरिकी सैनिकहरूका लुक्ने ठाउँहरूलाई निशाना बनाउने स्पष्ट पारेको छ । सम्भावित क्षतिबाट बच्नका लागि इरानले यूएईका बासिन्दाहरूलाई अमेरिकी सैन्य क्षेत्र र बन्दरगाहहरूबाट टाढा रहन वा ती ठाउँहरू खाली गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ३ : ४७ बजे

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने